आन्दोलनका नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारको बैठक
News Desk
Nov-19 , 2021 तारिख 02:34 बेलुका

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ । बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ९० वटा बारका इकाईहरूले आन्दोलनमा नै आउन तयार रहेको बताइरहेकाले अब उनीरूलाई बोलाउने विषयमा पनि कुरा हुनसक्ने बताए । उनका अनुसार अब आन्दोलन उच्च अदालतस्तरमा पनि विस्तार हुने र नागरिक समाजसहित अन्य पेशागत संगठनहरू समेत आन्दोलनमा जोडिनेछन् ।        

( कान्तिपुर दैनिक )