‘दलहरूलाई दलाल भेट्न समय छ, हाम्रो कुरा सुन्न फुर्सद छैन’
News Desk
Nov-19 , 2021 तारिख 02:37 बेलुका

काठमाडौँ — वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भइरहेको आन्दोलनका र उनीमाथिका आरोपप्रति दलहरूले मौनता साँधेकोमा आपत्ति जनाएका छन् । उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको बताए ।

‘अहिले न्यायालयमा बाहिरको हस्तक्षेप हुनु हुँदैन भन्ने लागिरहेको थियो । यो त जनआन्दोलन, जनयुद्धभन्दा पनि धनसँगको युद्ध पावरफुल रहेछ । प्रहरीलाई लाठी हान्न लगाउने रहेछ । हर तहमा यसको पहुँच छ,’ उनले भने, ‘नेताहरू कान सुन्दैनन्, आँखा बन्द छन् । दलाल भेट्न जतिबेला सहज छ तर हाम्रो कुरा सुन्ने फुर्सद छैन ।’ उनले प्रधानन्यायाधीशले दलाल, माफिया र तस्करहरूको सेवा गरिरहेको बताए ।          

( कान्तिपुर दैनिक )