अटोमा फेला परेको ६ लाख चालकद्वारा फिर्ता
News Desk
Nov-21 , 2021 तारिख 01:07 बेलुका

हेटौंडा — अटो रिक्सामा यात्रुले छाडेर गएको ६ लाख रुपैयाँ चालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।हेटौंडा उपमहानगरपालिका–१४ की ठूलीमाया स्याङ्तानले ना१ह ७०४९ नम्बरको अटोमा यात्रा गर्दा उक्त रकम रहेको झोला छाडेकी थिइन् । अटो चालक हेटौंडा–९ का उदयसिंह मोक्तानले फेला पारेको सबै रकम प्रहरीमार्फत स्याङ्तानलाई बुझाएका हुन् ।

गाउँमा जग्गा खरिद गरेकी स्याङ्तानले रजिस्ट्रेसन पास गर्न घरबाट नगदसहित अटोमा मालपोत कार्यालय जाँदा झोला छाडेकी थिइन् । ‘समाजमा अहिले पनि इमान्दार व्यक्तिहरू छन् भन्ने कुराको पुष्टि चालक मोक्तानले गरेका छन्,’ जिल्ला प्रहरी प्रवक्ता देवेन्द्र दासले भने ।                

( कान्तिपुर दैनिक )