बैतडी जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो, सबैको सनाखत ]
News Desk
Nov-22 , 2021 तारिख 12:19 बेलुका

बैतडी — ६ मंसिर २०७८   

बैतडी , बैतडीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । दशरथचन्द नगरपालिका—२ को थलालगाउबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका—६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रवत्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द ,६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका हर्कबहादुर चन्द र जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली रहका छन् । उनीहरुलाई उपचारको लागि डडेलधुरा रिफर गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट ७ सय मिटर तल खसेको थियो ।          

( कान्तिपुर दैनिक )