News Desk
बैतडी — ६ मंसिर २०७८
बैतडी , बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको खंख्या ६ पुगेको छ । डडेल्धुराका जिप चालक दीपक मालीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । दुर्घटनामा परि घाइते भएका दशरथचन्द नगरपालिका — ६ का ४८ वर्षका हर्कबहादुर चन्दको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै मृत्यु हुने अन्यमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द , ६५ वर्षका प्रेमबहादुर चन्द ,६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । आइतबार राति ८ बजेतिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा म १ ज ३१० नम्बरको जिप दुर्घटनामा परेको हो ।
( कान्तिपुर दैनिक )