News Desk
काठमाडौँ — ६ मंसिर २०७८
काठमाडौँ , दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्दैछ ।
दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने व्यवस्था छ । सोमबारको बैठकबाट स्थायी कमिटीले मनोनयन सूची केन्द्रीय कमिटीमा पठाउने सचिव तामाङले बताए । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।
( कान्तिपुर दैनिक )