News Desk
काठमाडौं- राज्य मिडिया नेटवर्क प्रालिका अध्यक्ष सरोज ओझा अन्तरराष्ट्रिय संस्था युनाईटेड नेशन पिस किपर फेडरल काउन्सिल (युएनपिकेएफसी) बाट विभुषित भएका छन् ।
युएनपिकेएफसीद्वारा आईतबार काठमाडौं स्थित होटेल मेरियटमा आयोजित एक कार्यक्रम समारोह माझ उनी युएनपिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट विभुषित भएका हुन । संचारकर्मी ओझालाई युएनपिकेएफसीकी अन्तरराष्ट्रिय अध्यक्ष डाटुक डा. अपिनिता चेचेनले सम्मानपत्र र मेडल सहित सम्मान गरेकी थिईन् । सो अवसरमा ओझा सहित वरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल लगायत नेपाल, थाईल्याण्ड, म्यानमार, कोरिया, रसिया, भारत लगायतका देशका धार्मिक गुरुहरु, कुटनितिक नियोगका अधिकारी, मानव अधिकारकर्मी आदी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
युएनपिकेएफसीको विभिन्न कार्यक्रम एवम् गतिविधीमा सिर्जनशिल भूमिका सहित पेशागत रुपमा योगदान पुर्याए बापत उनीहरु सम्मानित भएका हुन ।
ओझा एनटिभी न्युज सचेतना कार्यक्रमका प्रस्तोता एवम् निर्देशक र राज्य दैनिक डटकमका अध्यक्ष हुन भने वरिष्ठ पर्यटन व्यवसायी शर्मा भिटोनका सभापतिका साथै युएनपिकेएफसिका सल्लाहार हुन ।
युएनपिकेएफसि शान्ति र मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आईरहेको संस्था हो । यसको मुख्यालय थाईल्याडमा रहेको छ ।