नबिल बैंक र स्टार रेमिट बीच रेमिट्यान्स सेवा सहकार्य गर्ने सम्बन्धि संझौता सम्पन्न
News Desk
Nov-22 तारिख 09:09 बेलुका

 

काठमाडौँ । नबिल  बैंक र स्टार रेमीट विच रेमीट्यान्स सेवा सहकार्य गर्ने सम्बन्धि संझौता भएको छ ।नबिल बैंक र स्टार रेमिट बीच दक्षिण कोरीयाबाट नेपालमा रेमीट्यान्स भित्रयाउने सम्बन्धमा संझौता भएको हो । काठमाडौँको हात्तीसार स्थित नेपाल हाउसमा उक्त सम्झौता भएको थियो ।  विशेष समारोहको आयोजना माझ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टार रेमीटका अध्यक्ष रुद्र शर्माले सो संझौतामा हस्ताक्षर गरेका थिए । 

संझौता कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ सुजित शाक्य, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, रिटर्नी माइग्रेन्टका उत्तम अधिकारी, नेपाल पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष रंजन राज कुंवर, पुर्व अध्यक्ष रघु त्रिपाठी , योंग स्टार कोरियाका यम श्रेष्ठ लगायतले दुई संस्था बीचको  संझौताबाट देशले व्यवसायिक लाभ लिने बताएका छन् ।

स्टार रेमिटका अध्यक्ष रुद्र शर्माको सभापतित्व तथा नबिल बैंकका सिईओ अनिल केशरी शाहको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा खेम कार्की संचालकको भूमिकामा थिए ।   कार्यक्रममा नबिल बैंकका उच्च अधिकारीहरु एवं इशारा रेमिटसका अधिकारीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा हस्ताक्षरकर्ताहरु अनिल केशरी शाह र रुद्र शर्माले व्यवसायिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

नबिल बैंक, निजी क्षेत्रको लगानीमा संचालनमा आएको स्थापित एवम्  प्रतिष्ठित बैंक हो भने स्टार रेमीट कोरियाबाट पच्चिस देशमा कारोबार गर्ने स्थापित रेमीट हो ।