विभिन्न व्यक्तित्वहरु युएनपिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट विभुषित
News Desk
Nov-23 तारिख 04:29 बेलुका

 काठमाडौं- अन्तरराष्ट्रिय संस्था युनाईटेड नेशन पिस किपर फेडरल काउन्सिल (युएनपिकेएफसी) बाट विभिन्न व्यक्तित्वहरु विभुषित भएका छन् । युएनपिकेएफसीद्वारा आईतबार काठमाडौं स्थित होटेल मेरियटमा आयोजित अवार्ड कार्यक्रम समारोह माझ उनी युएनपिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट विभुषित भएका हुन । उनीहरुलाई युएनपिकेएफसीकी अन्तरराष्ट्रिय अध्यक्ष डाटुक डा. अपिनिता चेचेनले सम्मानपत्र र मेडल सहित सम्मान गरेकी थिईन् । सो अवसरमा नेपाल, थाईल्याण्ड, म्यानमार, कोरिया, रसिया, भारत लगायतका देशका धार्मिक गुरुहरु, कुटनितिक नियोगका अधिकारी, मानव अधिकारकर्मी, संचारकर्मी आदी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । युएनपिकेएफसीको विभिन्न कार्यक्रम एवम् गतिविधीमा सिर्जनशिल भूमिका सहित पेशागत रुपमा योगदान पुर्याए बापत उनीहरु सम्मानित भएका हुन ।

नेपालबाट भिटोनका राष्ट्रिय अध्यक्ष साथै युएनपिकेएफसिका सल्लाहार वरिष्ठ पर्यटन व्यवसायी/ समाजसेवी तेजेन्द्र शर्मा पौडेल, संचारकर्मी सरोज ओझा लगायतका व्यक्तित्वहरु विभुषित भएका छन् । युएनपिकेएफसि शान्ति र मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आईरहेको संस्था हो । यसको मुख्यालय थाईल्याडमा रहेको छ ।