निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिर्या सम्पन्न
News Desk
Nov-24 तारिख 12:07 बेलुका

ललितपुर, २०७८ मंसिर ०७ गते, मंगलबार मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा ललितपुर जिल्लामा क्रियाशिल नागरिक समाज र संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिर्या सम्पन्न गरेको छ । निर्वाचनको क्षेत्रमा कार्यरत विकल श्रेष्ठ बाट निर्वाचन प्रक्रियामा नागरिक समाजको भुमिका किन, कस्तो र कसरी हुनु पर्छ भने विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो, साथै, कार्यक्रम गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहाल र गोदावरी नगरपालिका वडा नं.०६ का वडा सदस्य एंव स्थानीय सभा संयोजक गम्भिर राण लगायत सहभागिहरुले आफ्नो विचार व्यक्त गर्दै नागरिक समाज र संघ संस्थाले निर्वाचन र मतदाता प्रक्रियामा नागरिकहरुको सहभागिता अभिवृद्धि गर्न र सबैको पहुँच बढाउन चेतना अभिवृद्धि गर्न लाग्नु पर्ने र पर्यवेक्षकको रुपमा जिम्मेवारी निर्वाह गर्दै निर्वाचन प्रक्रियामा हुन सक्ने कमि कमजोरीहरुमा पनि आवाज उठाउँनु पर्ने राजनितिक दलहरुलाई पनि सचेत र सहजक गराँउनु पर्ने कुराहरुमा जोड दिय ।

उक्त कार्यक्रममा इह्रिकनका कार्यक्रम व्यवस्थापक पंकज राज देवकोटाले कार्यक्रमको उद्देश माथि प्रकाश पार्दै सहभागिहरुलाई स्वागत गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माको सभाध्यक्षमा कार्यक्रम संचालन भएको थियो