मानव अधिकार दिवसको अवसरमा कार्यशाला सम्पन्न
News Desk
Dec-10 , 2021 तारिख 04:42 बेलुका

भक्तपुर, मंसिर २४ गते ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवश-२०२१ काे अवसरमा मानव अधिकार संचार प्रतिष्ठान नेपालकाे आयाेजनामा र चाँगुनारायण नगरपालिका भक्तपुरकाे समन्वयमा नगरपालिकाकाे जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु सहितकाे सहभागितामा मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसकाे कार्यान्वयन सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भयाे । कार्यशालामा मानव अधिका राष्ट्रिय कार्ययोजनाकाे बारेमा छलफल गरि यसकाे आवश्यकता र औचित्य स्थानीय तहमा कसरी कार्यान्वयन गर्न सकिन्छ र मानव अधिकारका मुलभुत सिद्धान्तहरुलाई लागू गर्न स्थानीय तहले कसरी याेजना बनाउँनु पर्छ भन्ने विषयमा रहेर मानवअधिकारकर्मी मीना शर्माले प्रस्तुतिकरण गरेकी थिईन् ।

प्रस्तुतिकरण प्रश्चात नागरिक समाज संघ संस्थाहरुकाे तर्फबाट विचार राख्दै सहभागीले स्थानीय तहबाट नै मानव अधिकारका मुलभुत पक्षहरुलाई कार्यान्वयन गर्न स्थानीय तहले नागरिक समाज र संघ संस्थाहरुसँगकाे समन्वयमा ठाेस कार्ययाेजना तयार पारि लाग्नु गर्नु पर्ने कुरामा जाेड दिदैं मानव अधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाउनु पर्ने विचारहरु व्यक्त भएका थिए । कार्यक्रममा सभाध्यक्ष समेत रहेका नगर प्रमुख साेम प्रसाद मिश्रले मानव अधिकार दिवशकाे शुभकामना व्यक्त गर्दै मानव अधिकार सुनिश्चित गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने र नागरिक समाज संघ संस्थाहरु सँग सदैव हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेकाे र नगरपालिका बाट हुने सार्वजनिक सेवा प्रवाहकाे क्रममा हुन सक्ने कमि कमजोरीहरु औल्याई दिएर आवश्यक राय सुझाव सल्लाहहरु दिन समेत नागरिक समाजलाई अनुरोध गर्दै मानव अधिकार राष्ट्रिय कार्ययाेजना स्थानीय तहमा यसकाे कार्यान्वयन गर्न ठाेस कार्ययोजना तयार पार्न नगरपालिकाबाट विधायन समितिका सदस्य सपना तामाङ्काे संयाेजकत्वमा ५ सदस्यीय विधायन समिति गठन गरियो । जसमा आशा माझी नगरपालिका कर्मचारी, रामभक्त सुवाल भक्तपुर बार र पहलमान श्रेष्ठ गैसस भक्तपुरबाट प्रतिनिधित्व रहेका छन् ।