सभापतिमा कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे उम्मेदवारी
News Desk
Dec-12 , 2021 तारिख 02:05 बेलुका

काठमाडौँ — कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई उनले समर्थन गर्ने भएका छन् । आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन मार्फत जनाएका हुन् ।

गोरखा निवासी कोइराला तरुण दलका नेता समेत हुन् । न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।      

( कान्तिपुर दैनिक )