News Desk
काठमाडौँ — २८ मंसिर २०७८
काठमाडौँ , कांग्रेस महाधिवेशनमा सभापति पदको निर्वाचन लम्बिएर रस्साकस्सी चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रमका आयोजना गरेका छन् । पौडेलले मंगलबार बिहान लैनचौरमा चियापान कार्यक्रम राखेका छन् । कार्यक्रममा देशभरका महाधिवेशन प्रतिनिधिहरू त छन् नै, प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् ।
सभापतिमा प्रत्यासी पाँच नेताहरू कसैले पनि बहुमत पुर्याउन नसकेपछि मंगलबारै दोस्रो चरणको मतदान हुँदैछ । त्यसअघि पौडेलले आयोजना गरेको चियापानमा देउवा पनि सहभागी भएका हुन् । यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध नाराबाजी भएको छ ।
( कान्तिपुर दैनिक )