News Desk
भक्तपुर, अनेरास्ववियुका विद्यार्थी नेता दिपेश विसुन्के अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीकाे अध्यक्षमा सर्वसम्मतीका साथ निर्वाचित भएका छन् । भक्तपुर बहुमुखी क्याम्पस कमिटीकाे १९ औं क्याम्पस सम्मेलनले दिपेश बिसुन्केकाे अध्यक्षतामा २९ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो ।
अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष उमेश आचार्यकाे प्रमुख अतिथ्यताका सम्पन्न भएको सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नारायण घर्ती, स्थाई कमिटी सदस्यहरु संजय दवाडी, पंकज भण्डारी, रमेश श्रेष्ठ सचिवालय सदस्य जयराम बास्ताेला अनेरास्ववियुका नेताहरु चुडामणी पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।