News Desk
काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट सुरु भएको मतगणनाको ताजा परिणाममा गगन कुमार थापा अग्रस्थानमा छन् । मत गणना शुरु भए देखी नै अग्रस्थानमा रहेका थापाले २१२० मतगणना गर्दासम्म १३८५ मत ल्याई अन्य प्रतिस्पर्धी भन्दा निकै बढि मतान्तरले अघि देखिएका छन् । त्यस्तै ८५१ मत सहित विश्व प्रकाश शर्मा दोस्रो स्थानमा छन् । त्यसैगरि प्रकाश शरण महत ६९८ मत सहित तेस्रो र प्रदिप पौडेल ६९८ सहित चौथो स्थानमा छन् । मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ सहित अन्तिम दुईमा छन् ।
मतगणनामा नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
गगन कुमार थापा १३८५
विश्व प्रकाश शर्मा ८५१
प्रकाश शरण महत ६९८
प्रदिप पौडेल ६२१
मिनेन्द्र रिजाल ३६५
राजाराम कार्की ५९
मतगणना जारी रहेको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।