२७२० मतगणनामा थापा र शर्माको अग्रता
News Desk
Dec-16 , 2021 तारिख 01:44 बेलुका

 काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट सुरु भएको मतगणनाको ताजा परिणाममा गगन कुमार थापा अग्रस्थानमा छन् ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः २७२० मतगणनामा

गगन कुमार थापा १७७५

प्रकाश शरण महत ८९९

प्रदिप पौडेल ८१९

मिनेन्द्र रिजाल ४५६

राजाराम कार्की ६७

विश्व प्रकाश शर्मा ११०९

मतगणना जारी रहेको छ ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।