News Desk
गगन कुमार थापा गगन कुमार थापा १८४२, विश्व प्रकाश शर्मा ११४७
काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट सुरु भएको मतगणनाको ताजा परिणाममा गगन कुमार थापा अग्रस्थानमा छन् ।
२८२० मतगणनामा गगन कुमार थापा १८४२ प्रकाश शरण महत ९३५ प्रदिप पौडेल ८४२ मिनेन्द्र रिजाल ४८० राजाराम कार्की ६७ विश्व प्रकाश शर्मा ११४७ रहेको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।