News Desk
काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट सुरु भएको मतगणनाको ताजा परिणाममा गगन कुमार थापाले विजय मत प्राप्त गरेका छन् । ३८९० मतगणनामा गगन कुमार थापाले २५१२ मत प्राप्त गरेका छन् ।त्यस्तै विश्व प्रकाश शर्मा १५९७ मत सहित विजयको दिशामा अघि बढेका छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।
४१९० मतगणनामा गगन कुमार थापा २७०९ प्रकाश शरण महत १३८६ प्रदिप पौडेल १२४२ मिनेन्द्र रिजाल ७२२ राजाराम कार्की ९३ विश्व प्रकाश शर्मा १७३६ रहेको छ । मतगणना जारी रहेको छ । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी छन् ।