कांग्रेस महामन्त्रीमा गगन थापा र विश्व प्रकाश शर्मा विजयी
News Desk
Dec-16 , 2021 तारिख 04:40 बेलुका

 काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्व प्रकाश शर्मा विजयी भएका छन् । मतदानमा खसेको कुल ४ हजार ६ सय ७९ मतमा थापाले ३०२३ र शर्माले १९८४ मत ल्याउदै विजयी भएका हुन । निर्वाचनको मत परिणाम अनुसार डा प्रकाशशरण महत १५५०, प्रदिप पौडेल १४०९, डा. मिनेन्द्र रिजाल ८०९ र डा. राजाराम कार्की १०७ रहेको छ । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की   प्रतिस्पर्धी थिए ।