पर्यटक सवारी चालकलाई तालिम र स्टिकर
News Desk
Dec-21 , 2021 तारिख 03:39 बेलुका

काठमाडौँ — नेपाल पर्यटन बोर्डले २ सय पर्यटक सवारी चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयहरुमा तालिम दिएको छ ।

पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरुलाई बोर्डले पुनर्ताजगी गर्ने उद्देश्य बमोजिम आयोजित अभिमुखिकरण तालिममा पर्यटकहरुलाई यात्राका दौरान चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेबसाइटको विवरण भएका ५ सय स्टिकर सवारीमा टाँसिएको थियो । बोर्डले वार्षिक क्यालेण्डरमा अग्रपंक्तिमा खटिएर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर यो कार्यक्रम लागू गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।   

( कान्तिपुर दैनिक )