आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार
News Desk
Jan-02 , 2022 तारिख 11:26 बिहान

काठमाडौँ — १८ पुस २०७८   

काठमाडौँ , आइतबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे सम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ । माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।    

( कान्तिपुर दैनिक )