‘बैंकिङ नीतिले उद्योग क्षेत्र संकटमा’
News Desk
Jan-04 , 2022 तारिख 11:21 बिहान

विराटनगर — २० पुस २०७८    

विराटनगर , सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले राष्ट्र बैंकको नीतिले उद्योग र व्यवसाय संकटमा परेको गुनासो गरेका छन् । उनीहरूले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भई उद्योग व्यापार संकटमा परेको बताएका छन् ।

बैंकले पैसा छैन भन्दै एलसी (प्रतितपत्र) नखोल्ने र पास भइसकेको कर्जा पनि नदिने अनि पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीका लागि ताकेता गर्दा उद्योगी व्यवसायी हतोत्साहित भएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गर्दा बैंकमा तरलताको समस्या भित्रिएको मुन्दडाको दाबी छ । यो नीतिलाई संशोधन गर्नुपर्ने माग गर्दै मुन्दडाले भने, ‘राष्ट्र बैंकले नै तरलता संकुचनको नीति लागू गर्दा अहिले समस्याले उग्र रूप लिएको हो ।’    

( कान्तिपुर दैनिक )