News Desk
रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकाले खेलकर्मीहरुलाई सम्मान गर्ने भएको छ।खेलाडीहरुको मनोबल उच्च राख्नका लागि गाउँपालिका भित्रका करिब ४ दर्जन क्षेत्रीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय खेलकर्मीहरुलाई संयुक्त रूपमा पौष २३गते पालिका मुकाममा अभिनन्दन गर्न लागेको दोरम्बा शैलुङ्ग गाउँपालिकाले जनाएको छ।
आयोजक समितिका सदस्य एब दोरम्बा शैलुङ्ग वार्ड नं २का जनप्रतिनिधि रन्जित मोक्तानका अनुसार खेलकुदको भावना विकास गर्न बृहत् सम्मान गर्न लागिएको बताए।अग्रज खेलप्रेमीलाई सम्मान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने परम्पराको थालनी गर्न उक्त सम्मान गर्न लागिएको सदस्य मोक्तानले बताए।
दोरम्बा शैलुङ्ग पालिकालाई खेलकुद हबका रुपमा विकास गर्ने योजना समेत रहेको जनाए। स्थानीय एवम् खेलकर्मी डिएन घिसिङले पालिकाबाट यसरी सम्मान गर्नु सर्हानिय कार्य भएको बताउदै यसले खेलाडी, प्रशिक्षक र निर्णायकलाई प्रोत्साहन मिल्ने बताए । पालिकाको सम्मानले खेलकर्मीहरुलाई उर्जा थप्ने पनि खेलकर्मी घिसिङले बताए ।