News Desk
काठमाडौं– पूर्व राजदम्पत्ति ज्ञानेन्द्र शाह र कोमल शाहले आफुहरुको वैवाहिक वर्षगाँठको ५० वर्ष पुगेको अवसर शुभकामना दिनु हुनेहरुप्रति आभार व्यक्त गरेका छन् ।
शनिबार दिउँसो पूर्व राजदम्पत्तिको तर्फबाट जारी विज्ञप्तीमा भनिएको छ– ‘हाम्रो हिन्दू संस्कारमा विवाहलाई एक उच्चतम संस्कारकोरुपमा मानिन्छ, दुई आत्माको सम्मिलन र प्रेम बन्धनको शुभ अवसरकोरुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सारसुत्र पनि हो, त्यसैले शुभविवाहको वार्षिक सन्दर्भ र त्यसपछिका व्यतित दिवस सन्दर्भलाई स्मरण गर्दा हाम्रो शुभविवाह भएको पनि ५० वर्ष भएछ ।’
‘यो शुभ सन्दर्भ पारेर हाम्रा आफन्त, इष्टमित्र, शुभेच्छुक र शुभचिन्तक व्यक्तित्वहरुले हामीलाई बधाईका हार्दिक शुभकामनाका मंगलकारी अभिव्यक्ति पोख्नु भएकोमा उहाँहरु सबैप्रति सद्भावपूर्वक हार्दिक धन्यवाद व्यक्त गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।
![]()
हाम्रो वैवाहिक स्वर्ण-उत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुने संपुर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनी हरु, देश विदेशमा रहनुभएका हाम्रा मित्र एवं शुभचिन्तक हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।