एलन मस्कको ट्विटका कारण टेस्लाले गुमायो १४ अर्ब डलर
News Desk
May-02 , 2020 तारिख 05:15 बेलुका

मेरिकी कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कको ट्विटका कारण कम्पनीले ठूलो रकम गुमाउनुपरेको छ। शुक्रबार एलनले 'म आफ्नो सबै अचल सम्पत्ति बिक्री गर्छु, घर पनि राख्दिनँ' भन्दै एक ट्विट गरेका थिए।उनको यो ट्विटसँगै टेस्लाको सेयर १४ अर्ब अमेरिकी डलरले कम भएको बिबिसीले जनाएको छ। आफ्नो सम्पत्ति बेच्ने मात्र होइन, उनले 'टेस्लाको सेयर मूल्य अति धेरै भयो' भन्ने पनि ट्विट गरेका थिए। उनका यी ट्विटकै कारण लगानीकर्ताहरूले कम्पनीको सेयर बेचेका बिबिसीले उल्लेख गरेको छ। टेस्लासँगै एलनको सम्पत्तिमा पनि तीन अर्ब डलर गिरावट आएको छ।  सन् २०१८ मा पनि उनी ट्विटका कारण विवादित भएका थिए। त्यो बेला उनले न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्विट गरेका थिए, जसका लागि नियामक निकायले दुई करोड अमेरिकी डलर जरिवाना गरेको थियो।

Elon Musk@elonmusk

I am selling almost all physical possessions. Will own no house.

225K

8:55 PM - May 1, 2020

Twitter Ads info and privacy

54.8K people are talking about this

त्यो घटनापछि उनले ट्विट गर्दा वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।शुक्रबार वाल स्ट्रिट जर्नलले एलनलाई टेस्लाको सेयर मूल्यबारेको ट्विट मजाकमा गरेको हो भनेर सोधेको पनि थियो। एलनले 'होइन' जवाफ दिएका थिए।

यो वर्ष टेस्लाको सेयर भाउ बढेर एक खर्ब अमेरिकी डलर नजिक पुगेको छ। सेयर भाउ एक खर्ब अमेरिकी डलर पुगेसँगै कम्पनीले लगानीकर्तालाई लाखौं डलर लाभांश दिनुपर्ने हुन्छ।

Elon Musk@elonmusk

Tesla stock price is too high imo

167K

8:56 PM - May 1, 2020

Twitter Ads info and privacy

32.5K people are talking about this

कम्पनी संस्थापक एलनका ट्विट र अभिव्यक्तिले सेयर मूल्यमा उतारचढाव ल्याउने भन्दै केही विश्लेषकले उनका ट्विटहरू टाउको दुखाइ बनेका पनि बताएका छन्।