बसन्त नगरमा फेमिली सेकुवा घर संचालनमा
News Desk
Oct-04 , 2024 तारिख 10:14 बिहान

काठमाडौं । सेकुवा पारखीहरूका लागि  अर्गानिक फेमिली सेकुवा घर” संचालनमा आएको छ ।

विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै बालाजु  माछापोखरी गुणस्तर नजिक बसन्त नगरमा संचालनमा आएको अर्गानिक फेमिली सेकुवा घर” मा चिकेन,  मटन ,पोर्क र बफको सेकुवा उपलब्ध गराइएको छ ।


सेकुवा पारखीका लागि किलोको हिसाबले सेकुवा खुवाउने व्यवस्था गरिएको संचालक सुर्य कुमार श्रेष्ठले बताए । 

बजारको मूल्य भन्दा सुपथ मूल्यमा सेकुवा उपलब्ध गराएका छौँ´ संचालक श्रेष्ठले भने-  सेकुवा घरमा ग्राहककै अगाडि दाउराको आगोमा पोलेर सेकुवा खुवाउने गरिएको छ ।  यस्तो  सेकुवा खाँदा ग्राहकले थप सन्तुष्टि पाउनु हुनेछ ।´

 यहाँ सेकुवाका अलावा म:म चाउमिन,माछाको छोइला, खाजा सेट लगाएत फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्। ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ ।

धेरै पढिएको