News Desk
काठमाण्डौं । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शााखा प्रमुख लिला बिक्रम थापाले आयोडिनको मात्रा परिक्षणका लागि विश्व स्वास्थ्य संगठनले अपनाएको विधि भरपर्दो नभएको औंल्याउनु भएको छ । न्युयोर्क एकेडेमी अफ साइन्सेसको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ ले गत साता जर्नल प्रकाशित गरि अनुसन्धानात्मक आलेखमार्फत सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा चाहिनेभन्दा बढी ‘आयोडिन’ भेटिएको सार्वजनिक गरेलगत्तै यस सम्बन्धमा थापासँग राज्यदैनिकले जिज्ञासा राख्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो। पोषण प्रमुख थापाले विश्व स्वास्थ्य संगठनले ट्राइटेसन् विधिबाट परिक्षण गरेकाले यो त्यति वैज्ञानिक नहुने तर्क पेश गर्दै भन्नुभयो ‘नुनमा आयोडिनको मात्रा तीन गुणा बढि छ भनेर जुन कुरा आएको छ, त्यसबाट आत्तिनुपर्ने अवस्था छैन्, आयोडिन उडेर जाने भएकाले धेरै मिसाउनु परेको हो । सरकारको निर्देशन अनुसार नै साल्ट ट्रेडिङ्ले आयोडिन मिसाएको पाइएको छ । ट्राइटेसन् विधिबाट परिक्षण गरिएकोले त्यसलाई वैज्ञानिक आधार मान्ने अवस्था कमै छ, नुनमा निलोको मात्रा हेरेको भरमा बिना ल्याब टेष्ट निर्क्यौल निकाल्ने विधि भएकाले हुबहु नतिजा आउनेमा शंका नै रहन्छ’ ।
उहाँले आयोडिनको मात्रा परिक्षण गर्ने उत्कृष्ट र उपर्युक्त विधिमा युरिनरी आयोडिन एक्प्रेसन विधि रहेको उल्लेख गर्दै भन्नुभयो ‘वास्तवमा आयोडिनको मात्रा परिक्षण गर्न पिसाबमा कति मात्रामा गएको छ भनेर युरिनरी आयोडिन एक्प्रेसन (युआईई) विधि वैज्ञानिक हिसाबले उत्कृष्ट र भरपर्दो मानिन्छ, यो गोल्डेन स्टाण्डर्ड हो, एक नंबरको राम्रो विधि चाहि यो हो’ । स्कुल पढने उमेरका बालबालिकाको पिसाब संकलन गरेर शरीरमा आयोडिन कति गयो गएन भन्ने बिषयमा ल्याबबाट पिसाब परिक्षण गरेपछिको नतिजा नै उत्कृष्ट र वैज्ञानिक हुने हुँदा विश्वका जुनसुकै देशले युरिनरी आयोडिन एक्प्रेसन (युआईई) विधिबाट गरिएको अनुसन्धानलाई उपर्युक्त मान्ने गरेको थापा बताउनुहुन्छ ।
साल्ट ट्रेडिङले सरकारको निर्देशन बमोजिम नै नुनमा आयोडिन मिसाउनुपर्ने बताउनु हुँदै उहाँले नुनमा मिसाईने आयोडिनको मात्राको विषय खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको क्षेत्राधिकारभित्र पर्ने पनि जानकारी दिनुभयो । प्रमुख थापाले साल्ट ट्रेडिङले बिक्री गर्ने दुई बालबालिका लोगो चिन्ह अंकित आयोडिनयुक्त १ केजी प्याकेट नुनमा कम्तिमा प्रतिग्राम ५० मिली युनिट आयोडिन मिसाउनुपर्ने व्यवस्था अनुरुप नै कर्पोरेशनले आयोडिन मिसाउदै आएको पाइएको हवला दिनुहुँदै आयोडिन हेर्ने उच्च स्तरिय कमिटि (बिएसटि-क्युसि) बाट अर्को निर्णय नआएसम्म यथावत रुपमा नै आयोडिन मिसाउनुपर्ने जानकारी दिदै उहाँले भन्नुभयो ’खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा (बिएसटि-क्युसि) नामको उच्चस्तरिय कमिटि छ, जसमा स्वास्थ्य मन्त्रालय, साल्ट ट्रेडिङ्, युनिसेफ लगायतका सरोकारवाला प्रतिनिधीहरु रहने व्यवस्था छ, आयोडिनको मात्राको बिषयमा हेरफेर गर्नुपर्ने भए त्यस समितिले निर्णय गर्नुपर्छ, अहिलेलाई नुनमा आयोडिन मिसाउने सन्दर्भमा कर्पोरेशनले पूर्ववत निर्देशनलाई निरन्तरता दिनुपर्छ’ ।
नुनमा आयोडिनको मात्रा बढि भयो भनिएको छ र हाईपर थाईराईडको समस्या देखिन्छ, कि ? भन्ने सवाल उठेको छ नि भन्ने प्रश्नको जवाफ दिदै थापा भन्नुहुन्छ ‘हाईपर थाईराईडको जुन सवाल उठेको छ यसमा त्यति आत्तिनु पर्ने केही छैन्, यो थुप्रै देशमा देखिदै आएको छ। हाम्रोमा समुन्द्रका माछा आदी सामुन्द्रिक वस्तुमा आयोडिन पर्याप्त हुने हुँदा अरु देशमा कम मात्रामा आयोडिन मिसाईने गरेको पनि पाईन्छ, हाम्रोमा आयोडिनको उपर्युक्त वाहक नुन रहेकाले यसमा मिसाईएको हो, आयोडिन उडेर जाने भएकाले पनि सेवन गर्नुपर्ने भन्दा प्याकेटमा तेब्बर जसो मिसाईएको हो’ उहाँ थप्नुहुन्छ ’बरु शरीरमा आयोडिनको मात्रा कम हुँदा घाँटीमा गलगाँड देखिने, बच्चामा पुड्कोपन, स्पष्ट बोल्न नसक्ने, गर्भवतीले पर्याप्त आयोडिन सेवन नगरे सुस्त मनस्थिति र अपांगता भएका शिशु जन्मने वा मृत्यु हुने, थाइरोइडमा असन्तुलन हुने जस्ता समस्या देखा पर्नेहुदाँ हामीले प्रत्येक दिन १५० पिपिएम आयोडिन सेवन गर्न चाहि छाड्नु हुदैन, सेवन नै नगर्ने वा कम खान्छु भन्नु उपर्युक्त हुदैन् उहाँको भनाई छ बढि मात्रामा आयोडिनको सेवनबाटबाट ‘हाइपोथाइरोइडिज्म’ को जोखिम हुन्छ भनिएको छ यो वास्तवमा दुई बालबालिकाको लोगो चिन्ह अंकित प्याकेट नुनको सेवनबाट मात्रै नभई जंक फूडको सेवनबाट पनि त्यसो हुन सक्ने भएकाले आगामी दिनमा विज्ञ साहित सरोकारवाला निकाय बीच छलफल गरि यस विषयमा निष्कर्ष निकालिनेछ’।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले नुनमा आयोडिनको मात्रा के–कति हुनुपर्छ भन्ने विषयमा कर्पोरेसनले सरकारको निर्देशन अनुसार नै काम गर्दै आएको र कर्पोरेशनले बिक्री गर्ने नुनमा आयोडिनको मात्रा घटाउने वा बढाउने के गर्ने भन्ने बिषयमा नयाँ निर्देशन नआएसम्म यथावत नै रहने बताउनुभयो ।