संसदमा शेरबहादुर तामाङले भने- गाँजाबाट प्राणघातक रोगको औषधि बन्न सक्छ, व्यवस्थित गरौँ
News Desk
Jun-12 , 2022 तारिख 04:10 बेलुका

काठमाडौं  ─ २९ जेठ २०७९ 

काठमाडौं, एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित् गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे ।

गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे ।गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।

धेरै पढिएको