News Desk
डिएन घिसिङ
समाजमा व्यक्तिको आचारण र स्वभावले परिचय दिएको हुन्छ।असल वा खरावको परिस्थिति व्यक्तित्व स्वयंमा मात्र निहित हुँदैन् ।पारिवारिक,शैक्षिक,आर्थिक जस्ता वातावरणिय अनुकुलताको प्रभाव वा भूमिका उस्तै महत्वपूर्ण रहन्छ् । समाजको मुल्य र मान्यता व्यक्तिको चरित्रसँग जोडिएको हुन्छ।
सामाजिक न्यायको सवाललाई सामाजिक-आर्थिक असमानतासँग पनि दाँजेर हेरिएको हुन्छ। सामाजिक अधिकारको संरक्षण आजको युगम अनिवर्यता मानिन्छ ।
मानवअधिकार निर्देशित आधुनिक समाजमा सामाजिक न्यायपूर्ण समाजको परिकल्पना गरिएको हुन्छ । सभ्य र सूसंस्कृत समाज निर्माण गर्न चुनौतिहरु थुप्रै छन् । सार्वजनिकपन,नीति र कानूनलाई प्रभाव पार्न संगठित प्रयासहरू पनि हुँदै आएको भने छ। जसले गर्दा सु-व्यवस्थित र असल समाजको आधार स्तम्भको रुपमा विकास भएको छ।
समाज विकासको केन्द्रबिन्दु धार्मिक तथा सांस्कृतीक बिम्बमा निहित छ।व्यक्तिको गतिविधिमा धारणा प्रमुख रहन्छ।त्यसो त विभिन्न सोधले व्यक्ति स्वभावलाई जैविक गुण र आणुबंशिक गुणको कारक औल्याएका छन् ।
अपराधप्रति समाजको मनोवृत्ति र भावनात्मक प्रतिक्रियाहरू अन्य कुनै पनि गतिविधि प्रतिको मनोवृत्ति भन्दा बढी हुने तथ्य उजागर हुँदै आएको छ ।
मुलतःसमाजमा अपराधिक गतिविधि हुँदा समर्थकलाई स्पष्ट रूपमा अपराधबोध नहुने तर डर तथा क्रोधको सामूहिक भावनाको अभिव्यक्तिमा आधारित रहने गर्दछ।यसले स्वयंको भावनालाई अधिक केन्द्रित गर्दछ।अपराध गतिविधिको व्याख्या अनुकुलतामा हुँदा समाज विभाजनको खतरा हुने गर्दछ।
समाजका अभियान्ता वा राजनेताको व्यक्तिगत गतिविधि र प्रस्तुतिमा नागरिकले लिने धारणा प्रत्यक्ष वा परोक्ष न्यायिक अनुकुलन रहन्छ।विचलन,अपराध, र सामाजिक नियन्त्रण सन्दर्भमा क्यानाडा स्थित भिसी महाविद्यालयका लागि सोधकर्ता विलिम लिटलीले तयार गरेको सोसोलोजी पेपरको दोस्रो भागमा यस बिषयमा स्पष्ट रूपमा ब्याख्या गरिएको छ।
सामाजिक नियन्त्रणका विभिन्न विधिहरूलाई प्रयोगात्मक शैलीबाट परिक्षण गरेर हेरिएको हुन्छ । समाज वा मुलुक भित्र दण्डात्मक सामाजिक नियन्त्रण,अनुशासन र जोखिम व्यवस्थापनमा सरकार नै सामाजिक नियन्त्रण भित्रपर्ने सोधकर्ता लिटलीले आफ्नो सोधमा स्पष्ट पारेका छन् ।
समाजिक उत्तरदायित्व वहन गर्ने व्यक्ति सर्बोपरि रहन्छ।नेतृत्वमा अहंमता र अहंकारले ग्रस्त भएमा राज्यलाई संकटग्रस्त तुल्याउँदछ । निरंकुशता हावी हुदा व्यक्तिवादी सोचको पराकास्ट बढ्ने खतरा उतिकै रहन्छ ।र त्यो अवस्थामा समाजका कमजोर वर्गहरूको जीवयापन सकसपुर्ण रहन्छ।
देशद्रोह, राजद्रोह र आतंकवाद जस्ता अपराधहरू राजनीतिक हुन्छन् किनभने यिनले सत्तामा रहेको सरकारलाई प्रत्यक्ष चुनौतीको प्रतिनिधित्व गर्छन। जासुसीलाई सामान्यतया राजनीतिक अपराध मानिन्छ। राज्यले हिंसात्मक र अहिंसात्मक दुवै लगायत राज्यको अस्तित्वको लागि वास्तविक वा काल्पनिक खतराको रूपमा मानिने कुनै पनि व्यवहारलाई राजनीतिक अपराधको दायरा भित्र राखेको छ।राजनीतिक अपराध अन्य प्रकारका अपराधहरू भन्दा फरक छ किनभने यसको प्रेरणा वैचारिक हुन्छ।
राजनीतिक विचारधाराले व्यक्तित्व विशेषताहरू र संज्ञानात्मक प्राथमिकताहरूको एक अपूर्ण तर महत्त्वपूर्ण सूचकलाई प्रतिनिधित्व गर्दछ। यस अर्थमा पनि आपराधिक व्यवहारले आचरणको एक विशेष क्षेत्रलाई प्रतिनिधित्व गर्दछ, जहाँ राजनीतिक विचारधारामा जडित भिन्नताहरू अवस्थित हुन सक्छन्। नेतृत्वमा उदारवादी वा रूढिवादी धारणाले भुमिका खेल्ने गर्दछ।
सामाजिक जीवनमा नैतिक कार्यका अभ्यास चुनौतीहरूले भरिएको हुन्छ। मुलत नेतृत्व सफल हुनको लागि न्याय प्रणालीमा जोड दिन जरुरी रहन्छ। सामाजिक अभियान्ता वा राजनेताहरूले रणनीतिक समाधानको बाटोमा अग्रसरता देखाउन जरुरत रहन्छ, जसमा नैतिक धरातल दर्विलो हुन आवश्यक हुन्छ।
नागरिक अधिकार, व्यक्तिगत अधिकार, सामुदायिक निर्माण,जागरूकता र मानव अधिकारले समाजलाई प्रेरित गर्दछ। सामाजिक न्यायले विश्वसनीयता निर्माण गर्न मद्दत गर्दछ।प्रत्येक व्यक्तिको आचरणले समग्रतामा समाजको आवरणलाई प्रतिबिम्बित गरेको हुन्छ। व्यक्तिको असल चरित्रले समाजलाई सुसूचित मात्र गर्ने नभई सभ्य समाजको निर्माणका लागि उर्जा थप्ने काम गर्दछ ।