लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री विमला प्रहरी नियन्त्रणमा
News Desk
Jun-14 , 2022 तारिख 12:46 बेलुका

दाङ ─ ३१ जेठ २०७९

दाङ, लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिला माथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ ।

मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । प्रहरीले अहिले विमला वलिलाइ इलाका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीको कार्यालय बाहिर महिलाहरुले मन्त्री माथि कारबाहीको माग राख्दै धर्ना बसेका छन् ।

धेरै पढिएको