News Desk
जापान । नेपाली जनसम्पर्क समिति जापानका बहुमत पदाधिकारीहरुले द्धितिय सभापती लाल बहादुर केसी (रोशन)लाई पदमुक्त गर्दै प्रथम सभापती कंडेललाई क्रियाशिल हुन अनुरोध गरेका छन् । नेपाली जनसम्पर्क समिति जापान पुन छैठौं अधिवेशनबाट आएका द्धितिय सभापती केसी र ऊनका स्वार्थ समुहले पदभार ग्रहण गरेको ५ बर्ष बितिसक्दा पनि अधिवेशन गर्ने वातावरण बनाऊनुको सट्टा चरम गुटबन्दीमा लिप्त भई केन्द्रिय कार्यसमितिको निर्णय र निर्देशनमा अधिवेशन सम्पन्न भई सकेका क्षेत्रमा समेत गुट भेला र समानान्तर गतिविधि गर्ने काममा संलग्न भएको भन्दै बहुमत पदाधिकारीहरुले केसी लाई पदमुक्त गरेको जनाईएको छ । साथै, छैठौं अधिवेशनका प्रथम सभापती डण्डपाणी कँडेल (डिपी) लाई सभापतीको रुपमा क्रियाशिल हुन अनुरोध सहित जुन १३ मा समिति बहुमत पदाधिकारीले एक विज्ञप्ती सार्वजनिक गरेकोे छन् ।
विज्ञप्तीमा २०२२ मेई २२ तारिख अधिवेशन सम्पन्न भएको नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रमा नक्कली बिबाद सृजना गराई अकस्मात अधिवेशन स्थगित गर्न दबाब दिने,क्षेत्रिय समितिसँंग असम्बन्धित व्यक्तिलाई कार्यसमिति निर्णय बिना पत्राचार गर्ने लगाएतका कुकृत्य सहित २०२२ जुन १२ तारिखका दिन कथित अधिवेशनको नाममा गरिएको गुटभेला र समानान्तर समिति बनाऊने कामको बहुमत पदाधिकारीहरुले घोर निन्दा र भत्र्सना गर्दछ भन्ने व्यहोरा खुलाईएको छ । पटक पटक संगठन विधि, विधान, मर्म र भावना विपरित गलत कृयाकलापमा संलग्न भएकाले केसी अब नैतिक रुपमा सभापती रहि रहने कुनै अधिकार नभएको पनि विज्ञप्ती स्पष्ट पारिएको छ । सथै, यसबाट आगामी अधिवेशन सम्मका लागी आईपर्ने नेतृत्व विहिनताको स्थितिबाट संस्थालाई जोगाऊनका लागी र स्वतन्त्र एंव पारदर्शी रुपमा अधिवेशन सम्पन्न गर्नका निम्ति नेपाली जनसम्पर्क समिति जापानको छैठौँ कार्यकालका प्रथम सभापती कंडेल लाई पुन सभापतीकै रुपमा क्रियाशिल भईदिन अनुरोध समेत गरिएको छ । तत्काल केन्द्रिय समितिको बैठक आह्वान गर्न समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

