मिस्टर र मिस टिन प्रतियोगितामा भाग लिएर थाईल्याडबाट फर्किए सौरभ र जुना
News Desk
Jun-17 , 2022 तारिख 07:32 बिहान


काठमाडौं ।  नेपाललाई प्रतिनिधित्व गर्दै मिस्टर र मिस टिन प्रतियोगितामा भाग लिन थाईल्याण्ड गएका सौरभ बिके र जुना मोक्तान नेपाल फर्किएका छन् । प्रतियोगितामा भाग लिन ९ तारिखमा प्रस्थान गरेका उनीहरु जुन १५ मा नेपाल फिरेका हुन । २० राष्ट्रका प्रतियोगीहरु सहभागी उक्त प्रतियोगितामा सौरभले मिस्टर एसियन टिन प्यासिफिक प्रिन्समा सहभागीता जनाएका थिए भने जुना मोक्तानले मिस टिन इन्टरनेशनलमा भाग लिएकी थिईन् ।  कार्यक्रम फेसन ईराले व्यवस्थापन गरेको थिए ।  

पतायामा सम्पन्न प्रतियोगितामा सौरभ टाइटल जित्न सफल रहे भने जुनाले कुनै टाईटल हात पार्न सकिनन् ।  साताभरको थाईल्याण्ड  बसाईका क्रममा सहभागीहरु फोटो शुट, प्रेस मिट, ट्यालेण्ट राउण्ड, पताया टुर, अन्तिम प्रतिस्पर्धामा संलग्न रहेका थिए ।

धेरै पढिएको