लायन्स क्लब इन्टरन्यासनल  डिस्ट्रिक्ट ३२५ आई अन्तर्गत क्लब अफिसर्स स्कुलिङ् कार्यक्रम सम्पन्न 
News Desk
Jun-20 , 2022 तारिख 02:38 बेलुका

 

काठमाडौं ।  लायन्स क्लब इन्टरन्यासनल  डिस्ट्रिक्ट ३२५ आईको २०२२÷२३ अन्तर्गत क्लब अफिसर्स स्कुलिङ् कार्यक्रम सम्पन्न भएको छ । बागमती गण्डकी र धौलागिरी स्थित करिब १०० क्लबका करिब ३०० जना लायन्स अफिसर्र्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन राम बसेलले डिस्ट्रिक्ट गभर्नर  तथा इन्टरनेशनल गभर्नर कार्यक्रम, पिएमसिसि लायन राजन लम्साल र आईडीई एवम्  एलसिआईएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटीले आवर डिस्ट्रिक्ट आवर प्राईड र फर्स्ट भाईस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन चन्द्र केसीले आई बिलिभ इन टिम वर्क शिर्षकमा प्रशिक्षण दिनु भएको थियो ।

 त्यसअघि क्लब प्रेसिडेण्ट, फर्स्ट भिपि, सेक्रेटरी र कोषाध्यक्षलाई दिईएको बिषयगत प्रशिक्षण सत्रमा क्रमशः लायन राजन लम्साल,एमसिसी लायन मान बहादुर राजन, फर्स्ट भिपी लायन चन्द्र केसी, सेकेण्ड भिपी लायन बिनोद ढुङ्गाना र क्याबिनेट सेक्रेटरी डिजाइनेटेड लायन हरिराज पन्त, पिडिजि लायन ईन्दु लम्साल, क्याबिनेट ट्रेजरर डिजाईनेटेड लायन सुर्यनारायण बरालले सहजकर्ताको भूमिका निभाउनु  भएको थियो ।  

प्रशिक्षण कार्यक्रममा सहभागी मध्येका एक काठमाडौं सिद्धार्थ गौतम बुद्ध क्लबका प्रेसिडेण्ट  नारायण  रेग्मीले कार्यक्रम निकै फलदायी रहेको र सेवामुलक कार्यमा लागिरहन थप प्रेरणा मिलेको प्रतिकृया दिनुभयो ।

धेरै पढिएको