News Desk
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध भातृसंगठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै भद्रकालीमा सांकेतिक रांके जुलुस गरेको छ।
प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ? नेपालका भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा कति कर लाग्छ?’ लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै भातृसंगठनहरुले प्रदर्शन गरेको विद्यार्थी नेता अभिविन्द खनियाले जानकारी दिनुभयो।
अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने उहांले बताउनुभयो।
अस्तिराति बाट लागू हुने गरी मूल्य बढाएर पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ, डिजेल प्रतिलिटर १९२ रुपैयाँ पुर्याइएपछि सामाजिक सञ्जालमा पनि चर्को विरोध भइरहेको छ।