काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुनेछ ।
एकीकृत समाजवादीमा मन्त्रीहरु फेरबदलको विषय सर्वाधिक चर्चामा छ ।