News Desk
काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले २५ सय टन युरिया मल बिरगंज ल्याई पुर्याएको छ। कर्पोरेशनले खरिद गरि ल्याएको उक्त मल बिहिवार नेपाल भित्रिएको हो । त्यस्तै २२ हजार टन युरिया कलकत्तासम्म आई पुगेको छ ।
थप मल मार्ग स्थलमा आउने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले बताउनु भयो । ‘हामीले खरिद गरि ल्याएको मल मध्ये २५ सय टन युरिया मल बिहीवार बिहान बिरगंज आईपुगेको छ । २२ हजार टन युरिया कलकत्तासम्म आईपुगेको छ, जुन केही दिन मै नेपाल आई पुग्छ । थप मल मार्ग स्थलमा आउने क्रममा पनि रहेको छ ।’ जानकारी दिदै उहाँले भन्नुभयो ‘साथै उक्त मल विभिन्न कर्पोरेशन डिपो कार्यालयहरुमा तत्काल नै डेलिभरि गरि पठाईएको छ, मल प्राप्त हुना साथ बेलैमा मल बिक्री वितरण गर्न सर्कुलर पनि भएको छ’ ।
कृषि उत्पादनमा रसायनिक मलको महत्व, बेलैमा मल उपलब्ध गराउने उदेश्य र किसान दाजुभाई दिदीबहिनीको आवश्यकता सबै पक्षलाई ध्यानमा राख्दै कर्पोरेशन आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्दै मलको अभाव पुर्ति गर्ने दिशामा अघि बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।