News Desk
काठमाडौं । गत जेष्ठ २३ गते देखी नवलपुरको देवचुलीबाट बेपत्ता कृष्ण चालिसे हप्तौं बित्दासम्म पनि अझै फेला पर्न सकेका छैनन् । तीन साता देखी परिवारबाट सम्पर्कविहिन उनको खोजी कार्य जारी रहेको छ । देवचुली नगरपालिका वडा नं १७ मा बसोबास गर्दै आएका चालिसेले विगत ३/४ वर्ष देखि गाईपालन गर्दै आएका थिए । चालिसे गत जेठ २३ गते घरबाट निस्किएको पारिवारिक स्रोतको भनाई छ । हाल अमेरिकामा बसोबास गर्दै आएका निकटवर्ती केशव ढकालले उनको खोजी भईरहेको जानकारी प्राप्त भएको हवला दिदै उनको खोजी कार्यमा सघाउ पुर्याउन संचार क्षेत्रबाट पनि सक्दो सहयोग गर्न राज्यदैनिकसँग आग्रह गरेका छन् । ‘आजको दिनसम्ममा पनि कृष्ण चालिसे दाई घर परिवारबाट सम्पर्क बाहिर हुनुहुन्छ भन्ने खबर आएको छ, मैले देवचुलीबाट निरन्तर खबर लिई राखेको छु, उहाँको खोजी कार्य जारी नै छ, तपाईंहरुले पनि मिडियामार्फत खोजी अभियान चलाउनु पर्यो, उहाँ सामान्य अवस्थाको मानिस हो, उहाँलाई कतै देख्नुहुने वा भेट्नुहुने जोकोही महानुभावले परिवारलाई सम्पर्क गरिदिनुहुन होला’ उनले अनुनय गर्दै भने ।
उनलाई फेला पार्नेले मोबाईल नम्बर 9801564807,9801564808 मा सम्पर्क राख्न सकिने उनले उल्लेख गरेका छन् ।