News Desk
काठमाडौं ─ १४ असार २०७९
काठमाडौं, प्रधानमन्त्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए र एनसीसी_ अमेरिकाको साधरण सभा तथा विज्ञ सम्मेलन सफलताको लागि शुभकामना पठाएका छन्। संघको ११ औं साधरण सभा तथा विज्ञ सम्मेलन आगामी ३ र ४ जुलाइमा हुँदैछ ।
‘साधारण सभा तथा विज्ञ सम्मेलन अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई मात्र होइन, नेपाल र नेपालीका लागि पनि उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु’, देउवाले शुभकामना पठाउँदै भनेका छन्।