अध्यक्ष ओली र गौतमबीच भेटघाट
News Desk
Jul-01 तारिख 01:50 बेलुका

काठमाडौं- १७ असार २०७९

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँगको भेटमा संयोजक गौतमले आफ्नो तीन महिने अभियानको बारेमा जानकारी गराउँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको बताइएको छ । गौतमले आफ्नो अभियान र एकताका बारेमा कुरा राख्नुभएको अध्यक्ष ओली सचिवालयका रामशरण बजगाईंले जानकारी दिनुभयो ।