अस्पतालका कर्मचारी बोकेको बस दुर्घटनाः १ जनाको मृत्यु, ४० जना घाइते
News Desk
Jul-01 तारिख 02:05 बेलुका

काभ्रे- १७ असार २०७९

काभ्रे, अपाङ्ग बाल अस्पताल बनेपा काभ्रेको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडी अस्पताल नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार दुर्घटनामा अस्पतालका महिला कर्मचारीको मृत्यु भएको बताउनु भयो ।

मृत्यु हुनेमा अस्पतालमा कार्यरत ४५ वर्षीय लेख कुमारी बस्नेत रहेको बताइएको छ । बसमा सवार अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचारका पठाईएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

अस्पतालको बसले मोटरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त बस रोड छेउको रुखमा अड्किएकोले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।-