News Desk
असार १७, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग आज भेटवार्ता गरेका छन् । ।श्रेष्ठसँग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउनुभयो । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाइ नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनु पर्ने अध्यक्ष मल्लले बताउनुभयो ।
नेपाल चीन वीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्चहरु आयातकर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले बढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो । सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह समेत गर्नुभयो । चिनियाँ नागरिकहरुको विश्व भ्रभण गर्ने प्रवृत्ति वढदै गइरहेको सन्दर्भमा त्यसको फाईदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गर्नुभयो । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणको लागि पहल गर्न समेत अध्यक्ष मल्लले जोड दिनुभयो ।
भेटका क्रममा नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पु¥याउन आफुले अधिकतम पहल गर्ने बताउनुभयो । साथै उहाँले भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।