News Desk
काठमाडौं ─ १९ असार २०७९
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको स्वकीय सचिवालयले जनाएको छ ।
सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७:१५ मा नेपाल आइपुग्ने कार्यक्रम छ । सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।