News Desk
काठमाडौं ─ २० असार २०७९
काठमाडौं,राजधानिमा एक कार्यक्रम गर्दै प्रिजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । आईतबार काठमाडौ स्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो । टेलिभिजन , रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरुको समेटेर विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरिएको छ । उक्त सँस्थाको बरिस्ठ उपाध्यक्षमा माल्भिका सुब्बा चयन भएकि छन । सो एसोसियसनमा काठमाण्डौ महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोललाई मानार्थ सदस्यको उपाधी प्रदान गरिएको छ । एसोसियशनमा बरिष्ठ संचारकर्मीं रमा सिंह , माइकल चन्द र कोमल वलीलाई संरक्षकको रुपमा मनोनयन गरिएको छ ।
यस्तै संचारकर्मी भूषण दाहाल,प्रभात रिमाल, हरिशरण लामिछानेलाई पनि मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ । पत्रकार सम्मलेनमा बोल्दै उप प्रमुख डंगोलले आगामी दिनहरुमा महानगरपालिका तथा एसोसियशनका बिच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाए । संस्थाको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, उपाध्यक्षमा विवेक सिंह ठकुरी , महासचिबमा जि.पी तिमल्सेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन भने सदस्यहरुमा सुगारीका के.सी,बिना श्रेष्ठ,उरुषा जोशी,अमन प्रताप अधिकारी,खुस्बु प्रधान र सु्वेक्षा खड्का रहेका छन् । संस्था घोषणा पत्रकार सम्मेलनमा सास्कृतिक संस्थानका जिएम अशोक प्यासी राई लगायत वरिष्ट संचारकर्मीहरुको सहभागिता रहेको थियो ।