कोरियामा क्रियाशिल संघसंस्थाका प्रतिनिधिमण्डल र प्रधानमंत्रीबीच भेटबार्ता
News Desk
Jul-04 , 2022 तारिख 10:42 बिहान

काठमाडौं ─ २० असार २०७९  

काठमाडौं, दक्षिण कोरियामा नेपालीहरूको विद्यमान अवस्था, सस्तो दरमा दक्षिण कोरिया नेपाल नियमित उडान सञ्चालन, रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्न , इपिएस पास गरेर सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि कोरिया जान वञ्चित भएका नेपालीहरुलाई दक्षिण कोरिया पठाउन , यथासिघ्र दक्षिण कोरियामा नेपाली राजदूत नियुक्त गर्न लगायत विविध विषयमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जन राज कुँवर , नेपाली जनसंपर्क समितिका पुर्व उपसभापति सूर्य क्षेत्री र गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका निवर्तमान उपाध्यक्ष यदु लामिछानेले आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।

भेटको क्रममा प्रधानमन्त्री देउवाले नियमित उडान सञ्चालनको निमित्त पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने , दक्षिण कोरियामा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा समेट्न कार्यान्वयन गर्नको निमित्त कार्यपत्र तयार गरिने ,सम्बन्धित निकायलाई चाँडोभन्दा चाँडो योजनालाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने बताउनुभयो त्यस्तै ईपीएसमार्फत कोरिया जान नपाएका व्यक्तिहरू के कारणले जान नपाएको श्रम मन्त्रालय मार्फत बुझेर र यथासिघ्र कोरिया पठाउने आश्वासन दिनुभएको थियो। स्मरणरहोस् योभन्दा अगाडि दक्षिण कोरियामा क्रियाशील नेपाली राजनीतिक दलका भातृ संगठनले नेपाली राजदूतावास दक्षिण कोरियालाई नियमित उडानको लागि ज्ञापनपत्र पनि बुझाएको थियो।

धेरै पढिएको