माओवादीको केन्द्रीय समिति बैठक स्थगित, बुधबार बस्ने
News Desk
Jul-05 , 2022 तारिख 11:48 बिहान

काठमाडौं–२१ असार २०७९

काठमाडौं, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । नेताहरुले थप होमवर्क गर्नुपर्ने भएकोले बैठक बुधबार दिउँसो १ बजे सरेको केन्द्रीय सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।

नेताहरुले थप होमवर्क गर्नुपर्ने भयो । स्थायी कमिटी, पोलिट्ब्युरो र पदाधिकारी चयनलगायतका विषय छन् उहाँले बताउनुभयो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि जारी बैठक आज बिहान ११ बजे बस्ने जनाए पनि सो बैठक स्थगित भएको हो ।

धेरै पढिएको