एनआरएनए मलेसियाले शनिवार बृहत अन्तरकृया कार्यक्रम गर्दै,उपस्थितीको लागी आग्रह
News Desk
Jul-06 , 2022 तारिख 02:04 बेलुका

एनआरएनए  ─ २२ असार २०७९

एनआरएनए , गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसियामा भइरहेको समस्या तथा समसामायीक विषयमा छलफल गर्न बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा हुने कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीष, दुतावासका अधिकारी मलेसियामा रहेका विभिन्न संघ सँस्थाका पदाधिकारी, नेपाल बाट आएका पत्रकार तथा मलेसियामा रहेका विविध संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ। कार्यक्रम आउँदो शनिबार दिनको १ बजे आयोजना गरिएको एनआरएनए एनसिसि मलेसियाका उपाध्यक्ष हेमराज सापकोटाले बताए ।

पछिल्लो समयमा मलेसियामा नेपालीहरुका समस्या तथा समसामायीक विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताए । थापाले कार्यक्रममा उपस्थितीको लागी मलेसियामा रहेका नेपालीलाई आग्रह गरे । कार्यक्रममा नेपालबाट आएका बिभिन्न संचारमाध्यमका पत्रकारहरु जनसवाल रास्ट्रीय दैनिकका संपादक रामजी बगाले,ब्रेकलिंक्सका पत्रकार डिल्ली पान्डे ,प्रदेश अनलाईनखबर र एसियन खबरका पत्रकार सेखर लामा,रोजगारमंचका पत्रकार फडिन्द्र दाहाल ,नेपाली राजदुताबासका पदाधिकारी ,एनआरएनए एनसिसि मलेसियाका पदाधिकारी र मलेसियामा रहेका बिभिन्न संघ सँस्थाका प्रतिनिधिको उपास्थिती रहने एनआरएनए मलेसियाले जनाएकाे छ ।

मलेसियाको राेजगारी, संभावना र चुनाैती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागी एनआरएनए मलेसियाले हार्दिक अनुरोध गरेको छ । त्यसै गरी उक्त कार्यक्रम सकिएपछि बहुपति प्रर्थामा आधारीत नेपाली चलचित्र ‘टुल्की’को समेत विशेष प्रदर्शनी हुनेछ । चलचित्र ‘टुल्की’ पहिलो पटक मलेसियामा विषेश प्रदर्शनी हुन लागेको निर्माता एबं पत्रकार शेखर लामाले बताए। नेपालको डोल्पामा छायाकंन गरिएको ‘टुल्की’ बहुपति प्रर्थाको पहिलो नेपाली चलचित्र हो।

धेरै पढिएको