News Desk
डिएन घिसिङ
भाव व्यक्त गर्ने सार्थक ध्वनि वा संकेत नै भाषा हो । मानव सभ्यताको विकाससँगै भाषाको विकास भएको देखिन्छ भने समयक्रमसँगै परिष्कृत बन्दै आएको पाईन्छ । मुलतः भाषीक परिवर्तनमा संस्कृती र भूगोलले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । यसर्थ पनि भाषालाई सामाजिक परिवर्तनको सशक्त माध्यमका रुपमा लिइएको छ ।
नेपाली भाषाको उत्पत्ति र विकासलाई भाषाविद्हरुले विभिन्न हिसाबले अथ्र्याएका छन् । विशेषत प्राथमिक काल,माध्यमिक काल र आधुनिक कालको रूपमा भाषीक परिवर्तन भएको देखाएको छ ।
प्राथमिक काल अर्थात प्रारम्भिक अवस्थामा नेपाली भाषाको प्रयोग शिला लेखमा प्रयोग भएको पाइन्छ । प्राचीनतम अभिलेख र ताम्रपत्रको आधारमा नेपाली भाषाको प्रारम्भिक अवस्थालाई प्रमाणिक रूपमा प्रस्ट्याएको देखिन्छ । इतिहासमा ११औ शताब्दीको आसपासमा नेपाली भाषाको उत्पत्ति भएको भेटिन्छ । साथै संस्कृत भाषाको आयातित शब्दको प्रयोग भएको पाईन्छ ।
नेपाली भाषाको विकासमा माध्यमिक कालमा भाषालाई धेरै टेवा पुर्याएको देखिन्छ ।भूगोलको केन्द्रित भाषाले जाती वा सम्प्रदायको झल्को दिएको छ । कर्णाली प्रदेशको सिन्जा भुमिलाई नेपाली भाषाको उद्वगम स्थलको रुपमा लिर्यन्छ । इतिहासमा बाइसे चौबिसे राज्यको थालनी हुँदादेखी नेपाली भाषाको प्रयोग गरेको पाइन्छ । बिशेष गरेर खस जातिहरुले बढी प्रयोग गर्ने हुदा नेपाली भाषा खस भाषाको रुपमा परिचित छ । जहाँ आगन्तुक शब्दको प्रयोग समेत भएको पाइन्छ ।
आधुनिक कालमा नेपाली भाषाको भाषिक र साहित्यको सभ्यतामा अधिक बिस्तार भएको छ । आधुनिक काल अर्थात औपचारिक भाषिक युग पनि हो ।पर्बते भाषाको रुपमा परिचित भाषामा गोर्खापत्रको प्रकाशन,प्रज्ञा प्रतिष्ठान ,त्रिभुवन विश्वविद्यालयको स्थापना र अन्य भाषिक अध्ययनले समेत सभ्यताको पहिचान दिलाएको छ ।आधुनिक कालमा पर्याप्त मात्रामा आगन्तुक शब्द अर्थात बिदेशी भाषाको प्रयोग भएको देखिन्छ । मुलतःसरकारी कामकाजी भाषाको अनिवार्यताले पनि नेपाली भाषाको मह्त्व बढेको हो ।
नेपाली भाषाको प्रयोगमा स्वरध्वनीको उच्चारणले धेरै अर्थ बोकेको हुन्छ । भूगोल ,वातावरणिय अनुकुलता र सांस्कृतिक अवस्था लगाएताका बिशेषताले पनि भाषिक परिवर्तन र विकास भएको हुन्छ ।जुन बोलीचालीमा जिब्रो, ओठ र मुखको प्रस्तुति शैलीले पनि बिशेष भुमिका खेलेको हुन्छ ।भाषाको सौन्दर्यता र गहिराई प्रस्तुति शैलीको लयको आधारमा रहन्छ ।
भाषालाई भाषिक पारिवारिक सम्बन्धमा रुपमा हेर्ने गरिन्छ । नजिकैको भाषा अर्थात अन्तर सम्बन्धमा शब्द रचना र बनोटले पनि एकअर्का भाषा बिचको निकटता दर्शाएको हुन्छ । शब्दको बनोट, ध्वनि उचारण र लय आदीले पनि निकटतम भाषा पहिल्याएको हुन्छ । नेपाली भाषासँग संस्कृत ,हिन्दी, बङ्गाली आदि पारिवारिक भाषाको रुपमा चिनिएको छ । भाषाको पारिवारिक वर्गीकरण गरिदा भाषिक समानता र स्थानिय निकटतालाई आधार मानिएको हुन्छ ।
नेपाली भाषा विकासमा साहित्यले समेत उल्लेख्य भुमिका खेलेको छ । कविता खण्डकाव्य, महाकाब्य ,नाटक ,कथा, उपन्यास ग्रन्थ,गित वा लेखले नेपाली साहित्य जगतमा मात्र टेवा पुर्याएको छैन त्यसले सिङ्गो नेपाली भाषा जगेर्ना र विकास गर्न सघाउ पुर्याएको पनि छ ।
भाषा भनेको मुलुकको पहिचान हो । भाषाको प्रकृति ज्ञानको प्रकार्यको रूपमा मानिन्छ । आज संसारमा क्षेत्रीय विभाजनको कारकमा भाषा पनि देखिएको छ । एकातिर आत्मीयता निकटताको परिपुर्तिको रुपले पनि भाषाको मह्त्व उतिकै बढेको छ ।
नेपाली भाषाको विकास मुलुक भित्र मात्रै सिमितता छैन । प्रवासमा रहने प्रत्येक नागरिकको रहनसहनमा पनि भाषिक अनिवार्यता झल्किन्छ ।नेपाली भाषा प्रशासनीक काम कार्यको रुपमा मात्रै हैन जनबोलीको शसक्त माध्यम पनि हो ।
विश्व मंचमा शक्तिशाली राष्ट्रले दिने वक्तव्यमा समेत मातृ भाषा वा राष्ट्रीय भाषाको प्रयोग हुन्छ । यसर्थ पनि पहिचानको लडाइँको रुपमा भाषालाई अथर्््र्याएको छ । वास्तवमा भन्नूपर्दा भाषिक पहिचान नै मुलुकको पहिचान हो । त्यहाँ सामाजिक मौलिकता र जिवन्त झल्किएको हुन्छ ।
भाषाका निम्ति व्याकरण महत्वपूर्ण पक्ष हो । यसले भाषिक व्यवस्थालाई निमयबद्ध गर्दछ । भाषामा कुन ठीक अथवा कुन बेठीक, कुन शुद्ध कुन अशुद्ध आदि भन्नेबारे छुट्याउने आधार नै व्याकरण हो । भाषालाई स्तरीकरण अथवा मानकीकरण गर्दै भाषामा एकरूपता ल्याउन जरुरी देखाएको छ । सामान्यतया व्याकरण भनेको भाषाको निर्देशिका रुपमा हेर्न सकिन्छ ।
भाषा मूलतःविचार विनिमयको साधन भएकाले यसलाई संस्कृति र जातीय पहिचानका रूपमा पनि लिइएको छ । नेपाल र नेपाली हुनुका भावले नेपाली भाषा मह्त्वपुर्ण रहेको छ । भाषाको गहन पक्ष सामाजिक ,सांस्कृतिक, परम्परा, जाति, भूगोल र राजनीतिक पक्षको अभिन्नतालाई देखाउने भएकाले प्रशासनिक संयन्त्रमा नेपाली भाषाको प्रयोगमा ब्यापकता र अनिवार्यता रहेको छ । नेपाली भाषाको मौलिकता र प्राथमिकतालाई बिशेष बनाउन सके भाषिक पहिचान हुनेमा कुनै दोमत नरहला ।
नेपाली भाषाका विभिन्न विशेषता र प्रकृति छन् । समग्रमा भाषाका विशेषताको प्रकृति केलाउँदा साहित्य र ब्याकरण भाषिक अन्तर सम्बन्धमा कहि कतै बेमेल देखिन्छ । तथापि साहित्यले लय र ब्याकरणले भाषिक शुद्वतामा प्राथमिकता राखेको छ । यो नेपाली भाषाको परिबर्तन पनि हो ।