वेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा
News Desk
Jul-07 , 2022 तारिख 02:06 बेलुका

रुकुम ─ २३ असार २०७९

रुकुम, जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ ।

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताउनुभयो ।

धेरै पढिएको