राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण
News Desk
Jul-08 , 2022 तारिख 02:05 बेलुका

काठमाडौं ─ २४ असार २०७९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

धेरै पढिएको