News Desk
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाईरस संक्रमण भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार प्रेस वि ज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । उहाँलाई कोरोना भाईरस संक्रमण भएको आजै पुष्टी भएको महानगरद्वारा प्रेषित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महानगरका प्रवक्ता राजु महर्जनद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मेयर महर्जनमा कोरोना भाईरस संक्रमण पुष्टी भएसँगै उहाँ निवासमा नै स्वास्थ्य लाभ गरिरहनु भएको उल्लेख गरिएको छ । साथै महानगरले मेयर महर्जनको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।